काठमाडौं
पछिल्लो पुस्ता एक्सन जनराको चलचित्र मन पराउन थालेको छ । बक्स अफिसको रिपोर्टले दमदार एक्सन जनराको चलचित्र निर्माण गर्ने निर्माता घाटामा जाने सम्भावना न्युन रहेको तथ्यले पनि देखाउछ । त्यसैले त आजकल मनग्गे लगानी गरेर एक्सन जनराको चलचित्र बनिरहेका पनि छन् ।
होस्टल रिटन्सबाट ठूलो पर्दामा उदाएका अभिनेता एक्सनको चलचित्र परिवर्तनमा दमदार एक्सन समेटिएको ट्रेलर सार्वजनिक भएको छ । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउन तयारीमा रहेको यस चलचित्रमा समसामयिक राजनीतिकको आडमा फस्टाएको गुण्डागर्दीलाई उठाइएको बुझ्न सकिन्छ ।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’ मा सुशील श्रेष्ठ र अञ्जना बराईली,सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे देखिन्छन् ।
सार्वजनिक ट्रेलरमा अभिनेत्री अञ्जना बराईलीसँगको केमेस्ट्री पनि देख्न सकिन्छ। उनी प्रहरी इन्पेक्टरको भुमिकामा छिन् । गतवर्ष प्रर्दशनमा आएको चलचित्र ‘आउट ल ः दफा २१९’मार्फत सुशील एक्सन चलचित्रमा कमव्याक गरेका थिए ।
चलचित्रका निर्देशक विजय केरुङको काम हेर्दा दर्शक चलचित्रबाट सन्तुष्टि मिल्ने संकेत देखिन्छ । दीपक शिवाकोटी को कथा तथा निर्माण रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारी ले लेखेका छन्।
फिल्ममा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत तथा द्वन्द्व निर्देशन श्री श्रेष्ठ को रहेको छ। यसअघि सार्वजनिक पोस्टर र टिजरका साथै झ पाकेको चिउरी’ बोलको गीतले दर्शकमाझ चासो बढाइसकेको यस चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दैछ।







प्रतिक्रिया