२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड



काठमाडौं । सुन र चाँदीको मूल्य अझै बढेर फेरि नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तय गरेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १८०० रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला ५ हजार ३४० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदी १४५ रुपैयाँ महँगिएको हो । हिजो प्रतितोला ५ हजार १९५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएपछि नेपाली बजारमा प्रभाव देखिएको हो ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १२ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।