२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटन सुन्धारा गल्ली बाटोमा युवक हत्या घटनाः दुई जना पक्राउ



ललितपुर । ललितपुर महानगरपालिका–६, पाटन सुन्धारास्थित गल्ली बाटोमा कुटपिट गरी एक युवकको हत्या गरिएको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

घटना २०८२/०९/२६ गते राति करिब ९:३० बजे भएको हो। अज्ञात व्यक्तिहरूले सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका–२ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–६, पाटन सुन्धारामा बस्दै आएका २४ वर्षीय विजय राईलाई कुटपिट गरेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीले राईलाई अचेत अवस्थामा फेला पारी उपचारका लागि जावलाखेलस्थित अल्का अस्पताल पठाएको थियो। तर उपचारकै क्रममा मिति २०८२/०९/२७ गते दिउँसो १:१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि जिल्ला प्रहरी कार्यालय ललितपुर तथा प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरी टोलीले सूक्ष्म अनुसन्धान गरी घटनामा संलग्न अभियुक्तहरूको पहिचान गर्दै पक्राउ गरेको हो। पक्राउ परेका अभियुक्तहरू पाटन सुन्धारास्थित क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा फेला परेका थिए।

प्रहरीले पक्राउ परेका अभियुक्तविरुद्ध कर्तव्य ज्यान मुद्दामा ललितपुर जिल्ला अदालतबाट म्याद थप लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

पक्राउ परेका अभियुक्तः

राजु थापा (२५ वर्ष)
– सिन्धुली जिल्ला दुधौली नगरपालिका–९ स्थायी वतन
– हाल ललितपुर महानगरपालिका–६ निवासी

दिपेश दाहाल (२१ वर्ष)
– उदयपुर जिल्ला त्रियुगा नगरपालिका–२ स्थायी वतन
– हाल ललितपुर महानगरपालिका–६ निवासी

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ४ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।