ललितपुर
दक्षिण ललितपुरको गोदावरी नगरपालिका ९ बुरुञ्चुली जंगलस्थित खोल्सामा मंगलबार एक युवकको शव फेला परेको छ। मृतक पुरुषको उमेर करिब ३० वर्ष अनुमान गरिएको छ। उनका नाम, थर र ठेगाना अहिलेसम्म खुलेका छैनन्।
स्थानीय बासिन्दाले खोल्सामा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। घटनास्थलमा प्रहरी पुगेको र आवश्यक अनुसन्धान सुरु गरेको छ। प्रहरी स्रोतका अनुसार शवको कारण स्पष्ट नहुँदासम्म पोष्टमार्टमपछि मात्रै मृतकको पहिचान र मृत्युको कारण थाहा हुने बताइएको छ।







प्रतिक्रिया