दक्षिण ललितपुरका दुग्ध उत्पादन गर्ने किसानलाई महाँकाल गाँउपालिकाले ९० लाख रुपैयाँ अनुदान दिनका लागि प्रस्ताव आह्वान गरेको छ ।
गाँउपालिकाले सूचना प्रकाशित गरेर पालिकाले उत्पादनका आधारित दुधमा प्रोत्साहन अनुदान कार्यक्रमका लागि पालिकाभर क्रियाशिल रहेका दुग्ध उत्पादक सहकारी संस्था, कृषि÷पशु समूह, दुग्ध संकलन केन्द्र र खुवा उद्योगहरुले २१ दिनभित्र कृषि शाखामा प्रस्ताव पठाउन आह्वान गरेको हो ।
गत बर्ष पालिकाले कृषि उद्योगहरुलाई दर्ता प्रकृयामार्फत कर लगाउने निर्णय गरेको थियो । किसानलाई कर लगाएको भन्दै स्थानीय किसान आन्दोलित भएका थिए ।
पालिकाले श्रोतको अभाव रहेको र विकास निर्माण लागि स्थानीयबासीलाई कर लगाउने नीति लिएको बताएको थियो । स्थानीयको विरोध थेग्न नसकेपछि सो निर्णय सच्याइएको थियो ।







प्रतिक्रिया