१९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


निर्वाचन प्रहरीमा काठमाडौं उपत्यकामा हालसम्म ६८५५ जनाको आवेदन



काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्ला प्रहरी परिसरमा आगामी निर्वाचनका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी आवेदन लिइरहेको छ।

पुस २६ देखि माघ १ गतेसम्म आवेदन दिने समय तोकिएकोमा हालसम्म मिति २०८२/०९/२९ सम्ममा पुरुष ४,८८०, महिला १,९७४ र अन्य १ गरी कुल ६,८५५ जना आवेदकले आवेदन दर्ता गरिसकेका छन्।

अन्तिम अवसरका रूपमा माघ १ गते कार्यालय समयभित्र आवेदन दिन सकिनेछ। नेपाल प्रहरीका अनुसार, इच्छुक आवेदकहरूले समयमै आवेदन दिनुपर्ने र सम्पूर्ण प्रक्रिया नेपाल प्रहरीको निर्धारित नियमअनुसार हुने जनाइएको छ।

 

प्रकाशित मिति : १ माघ २०८२, बुधबार  १ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।