१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा सर्वसम्मत, यस्ता छन् अन्य पदाधिकारी



काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन्। भृकुटीमण्डपमा चार दिनदेखि जारी कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थितिमा भएको महाधिवेशनले थापालाई सर्वसम्मत सभापतिमा चुनेको हो।

सभापतिमा थापाको मात्रै उम्मेदवारी परेको थियो। दोहोरो उम्मेदवारी परेका पदमा पनि छलफलबाट सहमतिमै नेतृत्व छानिएको छ। उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित हुँदा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्।

सहमहामन्त्रीमा पनि ८ जनानै सर्वसहमत चुनिएका छन्। सहमहामन्त्रीमा फरमुल्लाह मंसुर (मुस्लिम), उदय शमशेर राणा (खस आर्य), प्रकाश रसाइली (दलित), बहादुर सिंह लामा (जनजाति), योगेन्द्रसिंह चौधरी (थारु), डिला संग्रौला (महिला), मुक्ताकुमारी यादव (मधेसी), कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र)

कोषाध्यक्ष पछि मनोनीत गरिनेछ।

प्रकाशित मिति : १ माघ २०८२, बुधबार  ११ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।