भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–३ वंशगोपालस्थित डेरा गरी बस्ने काभ्रे जिल्लाको तेमाल गाउँपालिका–९ घर भएका ३७ वर्षीय लनाम तामाङ रहेका छन् ।
प्रहरीका अनुसार तामाङले आफ्नी ३८ वर्षीया श्रीमती लाल माया तामाङको हत्या गरेका हुन् । बिहीबार बिहान भएको वादविवादका क्रममा तामाङले सिलौटो प्रहार गर्दा लाल मायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो । मृतकको शव परीक्षणका लागि पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया