नायक आकाश श्रेष्ठ केही वर्षदेखि ठूलो पर्दामा मुख्य नायकको रुपमा देखिएका छैनन् । आकाशले यो बिचमा केही चलचित्रमा भने केमियो भूमिकामा काम गरेका थिए ।
आकाशले थुप्रै म्यूजिक भिडियोमा काम गरेपनि चलचित्रका लागि भने राम्रो कथाको प्रतिक्षा गरिरहेको बताउँदै आएका थिए । तर, अब भने आकाशको चलचित्रमा कमब्याक पक्का भएको छ ।
नायक श्रेष्ठले यसअघि ‘जय शम्भु र दान्भी’ जस्तो एक्सन चलचित्र निर्देशन गरेका निर्देशक रुपेश तामाङको अनटाइटल प्रोजेक्टबाट चलचित्रमा कमब्याक गर्ने पक्का भएको हो ।
माघे संक्रान्तीको अवसर पारेर आज आकाश र निर्माणपक्षबिच संझौता भएको छ । चलचित्रलाई पूर्ण रुपमा एक्सन जनरामा बनाउने र आकाशलाई यसअघि नदेखिएको अवतारमा देखाउने तयारी रुपेशको छ ।
आकाश पनि यो चलचित्रलाई लिएर निकै उत्साहित देखिएका छन् । आकाशले दर्शकको प्रतिक्षा विशेष हुने तर्क गरे ।
यो चलचित्रको कथा सुमन गजमेरले तयार पारेका हुन् । चलचित्रको छायांकन फागुनको अन्तिमबाट सुरु गर्ने तयारी रुपेशको छ ।
फिल्मको नाम, अन्य कलाकार र प्राविधिकहरुको बारेमा जानकारी एकपछि अर्को रुपमा गराउँदै लैजाने निर्माणपक्षले बताएको छ । जुना फिल्मस्को ब्यानरमा यो चलचित्र निर्माण हुनेछ ।







प्रतिक्रिया