३ माघ २०८२, शुक्रबार | Sat Jan 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


पूर्णबहादुर खड्का भन्छन्– गगन पक्षलाई आधिकारिकताको निर्णयविरुद्ध अदालत जान्छौं



काठमाडौं । निर्वाचन आयोगले पार्टीको आधिकारिकता विवादबारे गरेको निर्णयप्रति कांग्रेसको संस्थापन पक्षले असन्तुष्टि जनाएको छ । गगन थापा पक्षलाई आयोगले आधिकारिकता दिएपछि देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सो निर्णय मान्न नसकिने दाबी गरे ।

आयोगको निर्णय षड्यन्त्रपूर्ण रहेको आरोप लगाउँदै उनले आयोगको निर्णय स्थापित नजिरको विपरित रहेको टिप्पणी गरे । आयोगको निर्णयपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आयोगको उक्त निर्णयप्रति आफूहरु अदालत जाने समेत बताए ।

‘निर्वाचन आयोगको षड्यन्त्रपूर्ण निर्णय आएको छ । यो आयोगको स्थापित नजिर विपरीत गर्दछ । ‘यो अमान्य छ । संस्थापन पक्ष खारेज गर्छ । राजनीतिक वैधानिक र राजनीतिक लडाइँ लड्छौं । सेटिङ भएको भनिएका छन् । एक पक्षले दावी गरेको निर्णय आएको छ । बारेमा सभापति शेरबहादुर दउवाको नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमिति यथावत छ । निर्वाचन आयोगले आधिकारिक सभापति र केन्द्रीय समितिलाई एक पटक नबोलाई, निर्वाचन आयोगको निर्णय गर्ने प्रक्रियाको खिलापमा छ । पार्टी विधान र नियमावली विपरीत छ,’ उनले भने ।

प्रकाशित मिति : ३ माघ २०८२, शुक्रबार  १० : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।