काठमाडौं । तत्कालीन काठमाडौं नगर पञ्चायतका २०३० सालका प्रधानपञ्च रिनेन्द्रमान सिंहको निधन भएको छ । पक्षाघात भएर लामो समयदेखि घरमै रहनुभएका सिंहको हृदयाघातका कारण निधन भएको हो । उनको पार्थिक सरीरलाई शनिबार टेकुस्थित जम्बुदिपमा अन्तिम संस्कार गरिएको छ ।
वि. सं. २००१ सालमा जन्मिनुभएका सिंह २०२८ सालमा काठमाडौंको तत्कालीन वडा नं. ८ (अहिलेको २२) बाट वडाको अध्यक्ष पदमा निर्वाचित भएका थिए । वडा २२ का अध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिँदै भने, ‘त्यसबेला काठमाडौँ नगर पञ्चायतमा २९ वटा वडा थिए । वडाबाट निर्वाचित अध्यक्षबाट प्रधानपञ्च चुन्ने प्रणाली थियो । यही प्रणालीबाट सिंह २०३० सालदेखि २ वर्षका लागि काठमाडौँ नगरपञ्चायतको प्रधानपञ्च हुनुभएको थियो ।’
सिंहका श्रीमति, १ छोरा र २ छोरी छन् ।








प्रतिक्रिया