५ माघ २०८२, आइतबार | Sun Jan 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकाबाट को–को बन्दैछन् एमालेबाट उम्मेदवार ?



काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ६ वटामा उम्मेदवारहरूको नाम टुंगो लगाएको छ ।

शनिबार बसेको पार्टी सचिवालयको बैठकपछि उपमहासचिव लेखराज भट्टले पार्टीले काठमाडौंका ६ वटा क्षेत्रमा नाम निश्चित गरे पनि ४ वटा महत्त्वपूर्ण क्षेत्रमा भने अझै उम्मेदवार घोषणा गर्न बाँकी रहेको बताए । बाँकी रहेका क्षेत्रहरूमा अध्यक्ष केपी शर्मा ओलीले थप परामर्श गरी निर्णय लिने बताइएको छ।

काठमाडौंमा एमालेका निश्चित भएका उम्मेदवारहरू:

क्षेत्र नं. १: मोहन रेग्मी
क्षेत्र नं. २: मणिराम फुयाल
क्षेत्र नं. ३: रामेश्वर फुयाल
क्षेत्र नं. ६: अनम कुमार मास्के
क्षेत्र नं. ८: राजेश शाक्य
क्षेत्र नं. १०: विनोद श्रेष्ठ

एमालेले काठमाडौंका क्षेत्र नं. ४, ५, ७ र ९ मा भने उम्मेदवारको नाम अझै सार्वजनिक गरेको छैन।

काठमाडौंसँगै एमालेले भक्तपुर र ललितपुरका उम्मेदवारहरूको पनि टुंगो लगाएको छ। भक्तपुर क्षेत्र नं. १ मा सोमप्रसाद मिश्र र क्षेत्र नं। २ मा सचिव महेश बस्नेत उम्मेदवार बन्ने भएका छन् ।

ललितपुर क्षेत्र नं.१ मा चेत नारायण सञ्जेल र २ मा प्रेम महर्जनलाई टिकट दिइएको छ भने क्षेत्र नं. ३ मा उम्मेदवार तय हुन बाँकी छ।

प्रकाशित मिति : ५ माघ २०८२, आइतबार  ७ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।