काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुर र ललितपुर जिल्लाका उम्मेदवारहरूको टुंगो लगाएको छ।
एमालेका अनुसार भक्तपुर निर्वाचन क्षेत्र नं. १ बाट सोमप्रसाद मिश्र र क्षेत्र नं. २ बाट पार्टी सचिव महेश बस्नेत उम्मेदवार बन्ने भएका छन्।
यस्तै, ललितपुर निर्वाचन क्षेत्र नं. १ बाट चेत नारायण सञ्जेल र क्षेत्र नं. २ बाट प्रेम महर्जनलाई टिकट दिइएको छ। भने ललितपुर निर्वाचन क्षेत्र नं. ३ मा उम्मेदवार चयन हुन बाँकी रहेको पार्टीले जनाएको छ।
एमालेले बाँकी निर्वाचन क्षेत्रका उम्मेदवारहरू अध्यक्षको परामर्शमा छिट्टै टुंगो लगाइने बताएको छ।








प्रतिक्रिया