काठमाडौँ
सुनको मूल्य तोलाकै दुई लाख ७७ हजारभन्दा माथि उकालो लागेको छ ।
विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको हो । चाँदीको मूल्यमा भने केही उतारचढाब आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ७७ हजार ८ सय कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातु चाँदीको मोल्य रु पाँच हजार ६२५ निर्धारण भएको छ ।
गत बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ७६ हजार ५ सय र शुक्रबार रु दुई लाख ७७ हजार २ सयमा कारोबार भएको थियोभने बिहीबार एक तोला चाँदी पाँच हजार ४ सय ८५ र शुक्रबार पाँच हजार ६ सय ४५मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, डलर विनिमय दर तथा भूराजनीतिक अनिश्चितताका कारण स्थानीय बजारमा पनि मूल्य प्रभावित भएको महासङ्घले जनाएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५ सय ९६ र त्यति नै तौलको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया