७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंका १० निर्वाचन क्षेत्रमा मनोनयन दर्ताः कुन क्षेत्रबाट कतिले दिए उम्मेदवारी ?



काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । मंगलबार उनीहरुले आ–आफ्नो निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा २५४ जनाले उम्मेदवारी दर्ता गराएका जिल्ला निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

१ नम्बर निर्वाचन क्षेत्रमा ३०, २ नम्बर क्षेत्रमा २२, ३ नम्बर क्षेत्रमा २४ जनाको उम्मेदवारी परेको छ । त्यस्तै ४ नम्बर क्षेत्रमा २८, ५ नम्बर क्षेत्रमा २६, ६ नम्बर क्षेत्रमा २२, ७ नम्बर क्षेत्रमा २८ जनाको उम्मेदवारी परेको छ ।

८ नम्बर क्षेत्रमा २२, ९ र १० नम्बर क्षेत्रमा २६/२६ जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, मंगलबार  ८ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।