चापागाँउ
सोमबार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेदवारी मनोनयन भयो । धेरै उम्मेदवारहरु घरमा शुभ साइतको समयमा टिका माला खादा लगाएर आर्शिवाद लिएर निर्वाचन कार्यालय पुगे । केही उम्मेदवार मन्दिर समेत पुगेर दर्शन गरेको सञ्चारमाध्यमहरुबाट देखिएको थियो ।
दक्षिण ललितपुरको लेलेमा भने भिन्न दृश्य देखियो ।
पिपुल्स फस्र्ट पार्टीबाट ललितपुर क्षेत्र नं. १ बाट उम्मेदार दर्ता गराउनुअघि सनोज महत बज्रवाराहीस्थित निर्वाचन कार्यालय जानुअघि आफ्ना वावुआमासँग टिका लगाएर आशीर्वाद लिए । उनी आफ्नो राजनीतिक यात्रा सम्झँदै भावुक बने। उनले १७ वर्षको उमेरमा जनयुद्धमा लाग्दा पछुतो लागेको बताउदै त्यतिबेला प्रचण्ड र बाबुरामले धेरै युवालाई भ्रममा पारेको दाबी गरे।
त्यसपछि उनी स्स्थानीय वर्गीय विदुर नेपालीको निवास पुगेर जेठा छोरा दिलकुमार नेपालीसँग भेट गरे। समाज र परिवारले विगतमा जानेर–नजानेर गरेका विभेदका लागि उनले घुँडा टेकेर दिलकुमार नेपालीको आँगन ढोग्दै क्षमायाचना मागेका छन् ।
उम्मेदवार महतले घर नजिकैका मनकामना, सरस्वती कुण्ड, टिकाभैरव मठ–मन्दिर दर्शन गरे । उनी त्यपछि टिकाभैरवनजिकै रहेको मसानघाट पुगे। त्यहाँ उनले “म मरेर जल्नु अघि यस समाज र जिल्लाका लागि केही सत्कर्म गर्न सकूँ” भन्दै सङ्कल्प लिए । उनले सङ्कल्प लिदै गर्दा माहोल भावुक बनेको थियो ।
उम्मेदवारी दर्ता अघि महतले ढुङ्गा खानी र इँटाभट्टाका व्यावसायीसँग भेटघाट गरेका थिए । उनले त्रसित व्यवसायीलाई ढाडस दिदै उद्योग बन्द गर्न नहुने र व्यवस्थित गर्नुपर्ने आफ्नो तर्क गर्दै यहाँ कार्यरत कार्यरत मजदुरलाई आफू मजदुरहरुको पक्षमा रहेको भन्दै भनी भरोसा दिलाउने प्रयास गरेका थिए ।
त्यस लगत्तै उनी बज्रवाराही पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।








प्रतिक्रिया