काठमाडौं । नायिका निशा अधिकारी काठमाडौं ५ बाट चुनाव लड्ने भएकी हुन् । नायिका अधिकारीले गतिशिल लोकतान्त्रिक पार्टीबाट उम्मेद्वारी दर्ता गराएकी हुन् ।
गत कात्तिकमा यो पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो । यस पार्टीका अध्यक्ष बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत हुन् ।
पछिल्लो समय निशा फिल्ममा कम सक्रिय छन् । उनको अभिनय रहेको पछिल्लो फिल्म ‘आँखा’ गत वर्ष असोजमा प्रदर्शनमा आएको थियो ।
अबको १० वर्ष राजनीतिमार्फत नेपाली जनताको सेवामा बिताउने उनले प्रतिबद्धता जनाएकी छन् ।








प्रतिक्रिया