काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज (बुधबार) माघ लागेयताकै कम देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस देखिएको हो।
आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अरू घट्ने सम्भावना हुन्छ।
हिजो मंगलबार सुरुवाती मापनमा ४.५ डिग्री सेल्सियस देखिएको काठमाडौँको न्यूनतम तापक्रम पछि घटेर ४.४ डिग्री सेल्सियस कायम भएको थियो।
पुस ३० गते २.३ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम माघ १ गते ३.६ डिग्री सेल्सियसमा उक्लिएको थियो।
त्यसयता काठमाडौँको न्यूनतम तापक्रम माघ २ गते ४.४, माघ ३ गते ४.९, माघ ४ गते ४.२, माघ ५ गते ४.५ र हिजो माघ ६ गते ४.४ सेल्सियस थियो।
अब आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउनेछ।








प्रतिक्रिया