८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


काठमाडौँ उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु



काठमाडौँ
काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान सुरु गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले आज एक समारोहकाबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीबाट उक्त क्यामरा जडानको थालनी भएको जानकारी दिएका छन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले भने, “यातायात व्यवसायीसँगको छलफलपछि आजदेखि गाडीमा सिसी क्यामरा राख्ने अभियान थालिएको हो, यसलाई तीव्र गतिमा अघि बढाउने छौँ, जसले सवारी दुर्घटना न्यूनीकरण, अपराध नियन्त्रण तथा दुव्र्यवहार र चोरी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा छ ।”

उनले सिसी क्यामरासँगै ड्यासबोर्ड क्यामरा पनि जडान थालनी गरिएको बताएका छन् । दुर्घटनापछि चालक भाग्ने, बसभित्रै पनि कूटपिटका घटना हुने तथा यात्रुमाथि दुव्र्यवहारलगायत घटना भएका गुनासा व्यापक आइरहेकाले क्यामरामार्फत निगरानी हुने र तथ्य थाहा पाइने हुँदा सवारीसाधनमा सिसी क्यामरा राख्ने विषयलाई प्राथमिकतामा राखिएको प्रवक्ता सुवेदीले बताएका छन् ।

यस्तै ड्यासबोर्डमार्फत बाहिरका गतिविधिका साथै दुर्घटनामा कसको कमजोरी भएको हो भनेर समेत पत्ता लाग्ने हुँदा यसलाई तीव्रताका साथ अघि बढाइने उनले बताएका छन् । सो समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सार्वजनिक यातायातमा सबैभन्दा बढी नागरिकको पहुँच हुने भएकाले यसलाई प्रविधियुक्त बनाउँदा थप सुरक्षित हुने बताए ।

आजै काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर खोजतलास गरी प्रहरीले धनीलाई बुझाएको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बुधबार  ९ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।