चापागाँउ
सुदुर दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाकी उपाध्यक्ष डोल्मामायाँ गोलेले आफू निस्कलंक रहेको दाबी गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत आफूले पालिकाबाट कुनै पनि किसिमको व्यक्तिगत लाभ नलिएको कुनै आफन्तलाई व्यक्तिगत लाभ हुने गरी कुनै निर्णय नगरेको दाबी गर्दै उपाध्यक्ष पदबाट विदा लिँदा, आफ्नो ज्यान बाहेक अरू केही लिएर ननिस्कने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
उपाध्यक्ष गोलेले लेखेकी छिन्, ‘मैले एक पैसा मात्र पनि भ्रष्टाचार वा अनियमिततामा संलग्न भएको प्रमाणित हुन्छ भने, कानुनअनुसार जे–जस्तो कारबाही हुन्छ स्वीकार गर्न र जनताबाट कालोमोसो दलाएर महाङ्काल घुमाइए पनि सहन तयार छु, साथै सधैंका लागि राजनीतिक जीवनबाट विदा लिनेछु ।’
राजधानी नजिकैको जिल्ला भए पनि दक्षिण ललितपुर र महाङ्काललाई सधैं दोस्रो दर्जाका नागरिकझैँ व्यवहार गरेको अनुभूति आफूले गरेको अनुभूति उल्येख गर्दै विकास र समृद्धिका लागि आफूले उठाएका मुद्दाहरू संस्थागत रूपमा स्थापित गर्न हातेमालो गर्न साथ दिए संघीय सरकारविरुद्ध अर्को निर्णायक आन्दोलनको नेतृत्व गर्नसमेत तयार रहेको बताएकी छन् ।
उपाध्यक्ष गोलेको जिम्मेवारी सम्हालेको करिब चार वर्ष पूरा हुन लागेको सन्दर्भमा सार्वजनिक सुनुवाई गर्नुपर्ने दायित्व पूरा गर्न नसकेकोमा आफू चुकेको स्वीकार गर्दै जनतासँग क्षमा मागेकी छन् ।
आफूले अहिलेसम्म गरेका कामहरू समेटेर ‘मेरो चार वर्ष’ शीर्षकमा केही दिनभित्रै सार्वजनिक गर्न लागेका समेते उनले जानकारी दिएकी छन् ।
आफूले हालसम्म पालिकाबाट प्राप्त गरेको सम्पूर्ण तलब–भत्ता विवरण सार्वजनिक गर्ने उनले घोषणा गरेकी छन् ।








प्रतिक्रिया