९ माघ २०८२, बिहिबार | Thu Jan 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर २ मा २३ उम्मेदवारबीच रोचक प्रतिश्पर्धा



चापागाँउ
यही फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका २३ प्रतिश्पर्धी उत्रेका छन् । १७ जना उम्मेदवार विभिन्न पार्टीमा आबद्ध नेता छन् भने ६ जनाको उम्मेदवारी स्वतन्त्रबाट परेको छ ।
अघिल्लो निर्वाचनमा नेकपा एमालेका विजयी नेता प्रेमबहादुर महर्जनले यो पल्ट पनि उम्मेदवारी दिएका छन् । नेपाली कम्युनिष्ट पार्टीबाट राजेन्द्र अमात्य छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार जगदिश खरेललाई अगाडि सारेको छ । नेपाली काँग्रेसबाट प्रेमकृष्ण महर्जन चुनावी मैदानमा छन् । यस क्षेत्रमा मुलतः यिनै नेताहरुबीच प्रतिश्पर्धा हुने आकलन गरिएको छ ।
नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन यस क्षेत्रबाट पटक पटक विजयी हुँदै आएकाले उनलाई बलियो उम्मेदवारको रुपमा लिइन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका सञ्चारकर्मी जगदिश खरेलले नयाँ र राजनीतिक अस्तव्यस्त भएको वर्तमान परिस्थितीबाट दिक्क हुनेहरुले मत दिने विकल्पमा प्रभाव राख्ने पक्का छ । माओवादी र समाजवादीको एकीकरणपछि बनेको नेपाली कम्युनिष्ट पार्टीका राजेन्द्र अमात्यले पनि भोट तान्ने आकलन गरिएको छ । नयाँ नेतृत्वको काँग्रेसबाट प्रेमकृष्ण महर्जनको प्रभाव पनि राम्रै रहेको स्थानीयहरु बताउछन् ।

अन्य पार्टीबाट उम्मेदवार दिनेहरुमा नेपाल मजदुर किसान पार्टीबाट चिरीमाया महर्जन,नेकपा माओवादीबाट अष्टराज बज्रचार्य, मंगोल नेश्नल अर्गनाइजेशनबाट कृष्ण महर्जन, नेश्नल रिपव्लिक नेपालबाट खेमप्रसाद श्रेष्ठ, श्रम संस्कृति पार्टीबाट सरिता राई,राष्ट्रिय मुक्ति पार्टी नेपालबाट डोलेन्द्रराज भट्टराई, राप्रपाबाट रघुवरराज थापा,नेकपा संयुक्तबाट रमेश आचार्य,उज्यालो नेपाल पार्टीबाट राजाराम तण्डुकार,आम जनता पार्टीबाट राजेन्द्र अमात्य, जनता समाजवादी पार्टीबाट रोहिणी वस्ती र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कृष्ण महर्जन रहेका छन् ।
यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिनेहरुमा उमंग केसी,ओमराज बज्राचार्य, कृष्ण खड्का,वावुराज बज्राचार्य,मंगलकृष्ण श्रेष्ठ र रविन्द्र अमात्य रहेका छन् ।

ललितपुर पुर्वी पाटनको ग्वार्को वरपरको इलाका, इमाडोल, सिद्धिपुर,लुभु,लामाटार लाकुरी भञ्ज्याङ क्षेत्र नं. २ तोकिएको छ । यहाँ आदिमकालदेखि ललितपुरको यस क्षेत्रमा नेवारीसँगै काठमा क्षेत्री र ब्राम्हणहरुको बाहुल्य छ । लाकुरी भञ्ज्याङ आसपास तामाङ बस्तीको केही प्रभाव रहेपनि पछिल्लो समय बसाई सरेर आउनेहरु पनि थपिएका छन् । यो ठाँउबाट पटक पटक नेकपा एमालेले विजय प्राप्त गर्दै आएको छ ।

 

प्रकाशित मिति : ९ माघ २०८२, बिहिबार  १ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।