९ माघ २०८२, बिहिबार | Thu Jan 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सुशील र अञ्जनाको चलचित्र ‘परिवर्तन’को अग्रिम बुकिङ खुल्यो, देशैभर कति पायो शो ?



 

काठमाडौं
भोलि शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको एक्सन चलचित्र ‘परिवर्तन’को बुकिङ खुला भएको छ। देशभरका हलहरूले अग्रिम बुकिङ खुला गरेका हुन् । केही हलले भने प्रि–बुकिङ खोल्न बाँकी छ ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यो चलचित्रलाई काठमाडौ र बाहिर गरेर ३२ शो प्रदान गरेको छ । देशकै दोस्रो ठूलो चेन आईएनआईले १५ शो उपलब्ध गराएको छ । वान सिनेमाले ९, एफक्यूबले ४ र विग मुभिजले ३ शो बुकिङ खुलाएको छ । यो समाचार तयार पार्दासम्म ’परिवर्तन’ चलचित्रले देशभरबाट १ सयभन्दा बढी शो पाएको छ भने अझै केही हलले बुकिङ खुलाउन बाँकी छ ।

यो चलचित्रको पछिल्लो समय गीतका साथै ट्रेलर चर्चामा रहेको छ। चलचित्रमा समावेश गीत ‘पाकेको चिउरी’दर्शकमाझ असाध्यै लोकप्रिय बनेको छ भने यसको ट्रेलरलाई दर्शकले छोटो समयमा नै ११ लाखभन्दा बढि दर्शकले हेरेका थिए ।
चलचित्रमा सुशील श्रेष्ठ,अञ्जना बराईली,सरोज खनाल, करिश्मा मानन्धर,बुद्धि तामाङ,हेमन्त बुढाथोकी,सुवास मेचेको मुख्य भुमिका रहेको छ ।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’लाई दीपक सिवाकोटीले निर्माण गरेका हुन्। निर्माता सिवाकोटीकै कथा रहेको यस चलचित्रको पटकथा तथा संवाद भने शिवम् अधिकारीले लेखेका छन् ।

एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस चलचित्रमा बन्दे प्रसादको सम्पादन,रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भने एसडी योगीको संगीत सुन्न सकिन्छ । यस चलचित्रमा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन दर्शकले हेर्न पाउने छन्। पछिल्लो समय उनी द्धन्द्ध निर्देशनमा निकै चर्चामा रहेका छन् । उनको तारिफ हुँदै आएका छन् । चलचित्रलाई आर आर फिल्मस्ले वितरण गरेको हो भने ओएसआर डिजिटलले सहकार्य गरेको छ । चलचित्र यही माघ ९ गते अर्थात शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आउदैछ ।

प्रकाशित मिति : ९ माघ २०८२, बिहिबार  ८ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।