२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा दुई लाख ६९ हजार मतदाता



ललितपुर
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर जिल्लामा कूल दुई लाख ६९ हजार २५६ मतदाता रहेका छन् । जसमध्ये एक लाख ३१ हजार ५४९ महिला र एक लाख ३७ हजार ७०७ पुरुष मतदाता छन् भने जिल्लाभरबाट ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

ललितपुर क्षेत्र नम्बर १ मा ३८ हजार ८ सय ४० महिला र ३८ हजार ८ सय ९७ पुरुष गरी जम्मा ७७ हजार ७ सय ३७ मतदाता रहेका छन् । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलबाट १६ जना र स्वतन्त्रबाट १२ जना गरी कूल २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये तीन महिला उम्मेदवार रहेका छन् ।

ललितपुर क्षेत्र नम्बर २ मा ४३ हजार २ सय ९८ महिला र ४५ हजार ७ सय ८४ पुरुष गरी जम्मा ८९ हजार ८२ मतदाता छन् । यस क्षेत्रमा १६ जना राजनीतिक दलबाट र सात स्वतन्त्र गरी २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ महिला उम्मेदवारको सङ्ख्या दुई जना मात्र रहेको छ ।

त्यसैगरी ललितपुर क्षेत्र नम्बर ३ मा ४९ हजार ४ सय ११ महिला र ५३ हजार २६ पुरुष गरी जम्मा एक लाख दुई हजार ४ सय ३७ मतदाता रहेका छन् । यस क्षेत्रमा कूल २३ जनाको उम्मेदवारी दर्ता भएको छ । तीमध्ये १६ जना विभिन्न राजनीतिक दलबाट र सात स्वतन्त्र उम्मेदवार रहेका छन् । यस क्षेत्रबाट पाँच महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा जम्मा ३ सय१८ मतदान केन्द्र तोकिएका छन् । निर्वाचनको तयारी तीव्र पारिएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०८२, बिहिबार  १० : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।