काठमाडौ
सुनको मूल्य बढेर नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तोकेको नयाँ मुल्य अनुसार तोलाकै तीन लाखभन्दा माथि पुगेको छ ।
बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ ।
महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ४ सय त्यति नै चाँदीको मोल रु छ हजार १ सय ९० कायम भएको छ ।
गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १ सय र त्यति नै चाँदीको मोल रु पाँच हजार ९ सय २० कायम भएको थियो । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७ सय र त्यति नै चाँदीको मोल रु पाँच हजार ८ सय ८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रु दुई लाख ७८ हजार ८ सय र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६ सय २५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ८ सय १० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९ सय ६० र त्यति नै परिमाणको सेतो धातु ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया