२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरका कांग्रेस उम्मेदवारको मदनबहादुरसँग अर्थपूर्ण भेटवार्ता



चापागाँउ
ललितपुरका स्थानीय नेताहरु विभिन्न समूह र गुट उपगुटमा विभाजित छन् । नेताहरुबीचको आपसी द्वन्द्वले आन्तरिक राजनीतिमा गहिरो प्रभाव पारिरहेको अवस्थामा आज आसन्न निर्वाचनमा उम्मेदवारी दिएका उदयशम्शेर राणा,प्रेमकृष्ण महर्जन र जितेन्द्र मलेखुले पुर्वसासंद तथा जिल्ला सभापति मदन बहादुर अमात्यसँग भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा तीनै नेताहरुलाई आशीर्वाद दिँदै विजयको लागि शुभकामना दिएको काँग्रेस श्रोतले जानकारी दिएको छ ।

जिल्ला सभापति समेत भइसकेका पुर्वसासंद मदन बहादुर अमात्य संस्थापन पक्षको रुपमा चिनिन्छन् । गएको महाधिवेशनमा उदयशम्सेरको टोलीले गगन थापाको पक्षपोषण गर्दै उपमहामन्त्री जस्तो प्रभावशाली स्थान लिएपछि जिल्लामा राणाको प्रभाव बढेको थियो ।
सभापति थापाले आजै केन्द्रिय कार्यालय पुगेर पदभार ग्रहणगरेसँगै केन्द्रमा समेत काँग्रेस एक भएको अवस्था आकलन गरिएको छ ।
काँग्रेस नेताहरुको भेटवार्ताले जिल्लाको राजनीतिमा नयाँ तरंग ल्याएको छ ।

ललितपुर क्षेत्र नं. १ मा निरन्तर रुपमा राणा परिवारले सासंदको टिकट लिन सफल भइरहेको छ । जिल्लामा सागर शम्सेर राणापछि २०६४ सालदेखि उदयशम्सेर राणा राजनीतिमा आएका हुन् । उनी २०७४ सालमा एमाले र तत्कालीन माओवादी गठबन्धनका उम्मेदवार नवराज सिवलासँग पराजित भएका थिए ।

 

नेपाली कांग्रेसका नेता हाम्रा अभिभावक आदरणीय मदन बहादुर अमात्यज्यु सँग आज भेटघाट गरेका छौं ।
हामी तीनै जना उम्मेदवारहरूलाई उहाँले भएको छ । आदरणीय दाईप्रति हार्दिक सम्मान सहित आभार व्यक्त गर्दछु।

प्रकाशित मिति : १० माघ २०८२, शुक्रबार  ६ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।