चापागाँउ
दक्षिण ललितपुरको बिर्केधारा दलचोकी ठोस्ने खोला सडकमा अत्याधिक धुलो उडाएको भन्दै कोञ्ज्योसोम २ दलचोकीका वडाध्यक्ष तिकबहादुर भोम्जनले याङ्ला कन्ट्रक्सनलगायतलाई सूचनामार्फत चेतावनी दिएका छन् ।
पछिल्लो समय विर्केधारा सडक विस्ता भइरहेको छ । सडक विस्तारका क्रममा निर्माण कम्पनीले धुलो नियन्त्रणका लागि पानी राखेर काम गर्नु पर्नेमा त्यसो नगरेको स्थानीयबासीको अत्याधिक गुनासो आएपछि चेतावनी दिएको वडाध्यक्ष भोम्जनले ललितखबरलाई बताए । भने, ‘पछिल्लो समय दहत्तर बहत्तर (बाढीले खोलामा बगाएको ढुंगा उत्खनन) कार्यका लागि टिपर चलेका छन् । टिपरले सडकमा धुलो उडाउदा यहाँको अन्नबालीसँगै स्थानीयको जनजीवनमा असर परेको छ ।’
दक्षिण ललितपुरका बस्तीमा साधुरा धुले सडकका कारण यहाँ हिडडुल गर्न कठीन छ । यहाँका जनप्रतिनिधिहरुले सडक पुर्वाधार निर्माण र सुधारका लागि साखै काम नगरेको गुनासो सुनिन्छ ।








प्रतिक्रिया