१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


निर्देशक कृषाको चलचित्र ‘पारस’मा निखिलपछि अभिनेत्री जसिता अनुबन्ध



काठमाडौं

निर्देशक कृषा चौलागाईको निर्देशनमा निर्माणको तयारीमा रहेको चलचित्र ‘पारस’मा एक्सन नायक निखिल उप्रेतीपछि अभिनेत्री जसिता अनुबन्ध भएकी छिन् ।

उनलाई निर्माण पक्षले शनिबार ‘पारस’का लागि अनुबन्ध गरेको हो।

यसअघि निर्माण पक्षले अभिनेता निखिल उप्रेतीलाई अनुबन्ध गरेको समाचार बाहिरिएको थियो। जसिताको अपोजिटमा निखिल उप्रेती हुने चर्चा छ । तर निर्माण पक्षले आधारिक रुपमा सार्वजनिक गरेको छैन। किन चलचित्रका कलाकारहरुलाई जसिताले लुकाई रहेकी छन्? यस चलचित्रका अन्य कलाकारहरु को–को हुनेछन् भन्ने बारेमा निर्माण टिमले जानकारी दिएको छैन। तर यस चलचित्रमा निखिल उप्रेती अनुबन्ध भएसँगै दर्शकमाझ कौतुहलता पैदा भइरहेको छ ।

एक्सन तथा सामाजिक कथामा आधारित यस चलचित्रमा निखिल र जसितालाई दर्शकले मन पराउने छन्। यस बाहेक अन्य कलाकार को–को हुनेछन्? त्यो भने निर्माण पक्षले बिस्तारै जानकारी दिने नै छ होला? तर निखिल र जसिताको जोडीले दर्शकमाझ फरक टेष्ट भने पक्कै दिनेछ।

दुवै पक्षबीच चलचित्रका लागि कागजी सम्झौता भएको निर्देशक चौलागाईँले बताईन्। उनले भनिन्,‘चलचित्रको कथा अनुसार नै कलाकार फाइनल गर्दै लगेका छौँ।’
केपी फिल्म्सको व्यानरमा निर्माण हुने यस चलचित्रलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका छन्। यस चलचित्रलाई चर्चित छायांकार (डीओपी) पुरुषोत्तम प्रधानले गर्नेछन्। यसअघि कृषाले ‘ऐचो पैचो’ र ‘पिताम्बर’ निर्देशन गरिसकेकी छन् भने उनको निर्देशकिय यो चलचित्र तेस्रो हुनेछ। चलचित्रको सुटिङ आगामी फागुनबाट फ्लोरमा जाने निर्माण पक्षको तयारी छ।

प्रकाशित मिति : १२ माघ २०८२, आइतबार  १२ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।