यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि ललितपुर क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट बुद्धरत्न महर्जन उम्मेदवार छन् ।
उम्मेदवारको प्रचार प्रसारका लागि सञ्चारकर्मी रहेत रहेका क्षेत्र नं. २का उम्मेदवार जगदिश खरेलसहित महर्जन दक्षिणललितपुर पुगेर दक्षिण ललितपुरको गोटिखेल क्षेत्रलाई विकट पारिएको आरोप लगाएका छन् । उनले दक्षिण ललितपुर कसले पछाडि पा¥यो भन्ने विषयमा एकपल्ट समाजका मान्छेहरु बसेर प्रश्न गर्न आह्वान गरे ।
चापागाँउबाट दुई लेनको सडक सलल बनाएको खण्डमा गोटिखेल क्षेत्र विकट नरहने उनको दाबी थियो ।
उनको यो अभिव्यक्तिसँगै स्थानीय नेताहरुले असन्तुष्टि जनाएका छन् ।
गतभदौं २३ र २४ गतेको जेनजी आन्दोलन र विध्वंसपछि पुर्वन्यायाधिश सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारले लेले भारदेउ हुँदै गोटिखेलहुँदै चन्दनपुरसम्म जाने सडकको २५ करोड लागत रहेको आयोजनाको ६ करोड रोक्का गरेको भन्दै खरेलको आलोचना भएको हो । सरकारको प्रवक्ता समेत रहेका उम्मेदवार खरेल दक्षिण ललितपुरको कजेट रोक्का हुँदा नबोल्ने अनि अरु नेतालाई गोटिखेल क्षेत्रलाई विकट पारिएको आरोप लगाउदै हिड्न नैतिकताले नदिने नेताहरुको भनाई छ ।
लेले चन्दनपुर सडक ठूलादुर्लुङ हुँदै मकवानपुरको फापरबासीसम्म विस्तार गर्ने योजना रहेको यस सडकको नाम तुलसीलाल मार्गको नाम समेत प्रस्तावित थियो ।
दक्षिण ललितपुरको कोञ्ज्योसोम, वागमती र महाँकाल गाँउपालिकामा पक्की सडक छैनन् । लामो समयदेखि कालोपत्र उप्केर गोटिखेल सडक धुलाम्मे छ । एक लेनको २५ किलोमिटर कच्ची सडक पार गर्न चापागाँउबाट झण्डै ४ घण्टा लाग्छ ।
यद्यपी यहाँका राजनीतिक दलका नेताहरु सरकारी बजेटमा विकास पुर्वाधार निर्माण गर्न बजेट परेको खण्डमा आफ्नै खल्तीबाट हालेर बनाएको जसरी प्रचार गर्छन् । फोटो खिचाएर सामाजिक सञ्जालमार्फत फुर्ति लगाउने र जस लिन नेताहरुबीच होलबाजी चल्छ । तर जनतालाई अनुभूति हुने गरेर काम भइरहेको पाइदैन ।








प्रतिक्रिया