काठमाडौँ
नेपाल प्रहरीले चाँदी लुकाएर ल्याउने एक युवकलाई काठमाडौं नागढुङ्गाबाट पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गाको टोलीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको मप्र ०१–००१ ख ७७२१ नं को यात्रुबाहक बस चेकजाँचका क्रममा दुई दशमलव पाँच किलो चाँदीसहित वीरगञ्ज महानगरपालिका १६ का २५ वर्षीय किसन साहलाई आज पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बसमा लुकाएर ल्याएको अवस्थामा चाँदीसहित साहलाई पक्राउ गरिएको जानकारी दिएका छन् । उक्त चाँदीको मूल्य रु १६ लाख ९० हजार बराबर रहेको छ ।
पक्राउ परेका साहलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको परिसरले जनाएको छ ।








प्रतिक्रिया