१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


 काठमाडौंमा दुई मोटरसाइकल ठोक्किएर गम्भिर दुर्घटनापछि युवाको मृत्यु



काठमाडौँ
काठमाडौँको नागार्जुनमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
नागार्जुन नगरपालिका ६ स्थित फस्कू चोकमा गएराति बाप्र ०२–०२–००३ प ६७१६ नं को मोटरसाइकल र बाप्र ०२–०५४ प ०५५७ नं को मोटरसाइकल एकापसमा ठोक्किँदा बाप्र ०२–०५४ प ०५५७ नं को मोटरसाइकल चालक भीमढुङ्गाका २५ वर्षीय भीमराज तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा आज बिहान मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ । बाप्र ०२–०२–००३ प ६७१६ नं को मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बुधबार  १० : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।