काठमाडौ
सुनको मूल्य आज एकै दिन तोलाकै २० हजारभन्दा धेरै रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको हो ।
आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३ सय र त्यति नै चाँदीको मोल रु सात हजार ५ सय ५ कायम भएको छ ।
बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८ सय र त्यति नै चाँदीको मोल रु सात हजार ३ सय कायम भएको थियो ।
यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३ सय त्यति नै चाँदीको मोल रु छ हजार ८ सय ७० कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५ सय ६० र त्यति नै परिमाणको सेतो धातु १ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया