२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आज सुनको मूल्य तोलाकै बढ्यो २० हजारभन्दा धेरै



 

काठमाडौ

सुनको मूल्य आज एकै दिन तोलाकै २० हजारभन्दा धेरै रुपैयाँ बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको हो ।
आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३ सय र त्यति नै चाँदीको मोल रु सात हजार ५ सय ५ कायम भएको छ ।

बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८ सय र त्यति नै चाँदीको मोल रु सात हजार ३ सय कायम भएको थियो ।

यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३ सय त्यति नै चाँदीको मोल रु छ हजार ८ सय ७० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५ सय ६० र त्यति नै परिमाणको सेतो धातु १ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १६ माघ २०८२, बिहिबार  ११ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।