२९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


रंगपत्रकार सिटौलाको निधन



 

रंगपत्रकार दिनेश सिटौलाको निधन भएको छ । उपचाररत पत्रकार सिटौलाको आज निधन भएको ग्राण्डी अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

‘उहाँको १२ः४५ बजे निधन भएको जानकारी गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ।

चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्षसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहसँगै सुदूरपश्चिमको भ्रमणमा रहेका lyP सिटौला गत शुक्रबार अछाममा बेहोस भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित ग्राण्डी अस्पताल ल्याइएको थियो।

उनको ब्रेन हेमोरेज भएकाले आइसियूमा भर्ना गरिएको थियो । ४८ घण्टासम्म उपचार अनि स्वास्थ्य अनुगमन गरेपछि अस्पतालले मृत घोषणा गरेको हो ।

 

प्रकाशित मिति : १९ माघ २०८२, आइतबार  ८ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।