२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोदावरी नगरपालिकाद्वारा लेले नल्लु क्षेत्रको ढुंगा खानी चलाउन नगरप्रहरी परिचालन



ललितखबर
गोदावरी नगरपालिकाद्वारा लेले नल्लु क्षेत्रको ढुंगा खानी चलाउन नगरप्रहरी परिचालन गर्ने भएको छ ।
नगरपालिकाद्वारा ललितपुर जिल्ला अदालत तथा पाटन उच्च अदालतबाट परमादेश प्राप्त भएको तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट राष्ट्रिय गौरवका आयोजना तथा अन्य विकास निर्माणका लागि निर्माण सामाग्री उपलव्ध गराउन सहजीकरण गर्न पत्र प्राप्त भएको अवस्थामा नगरप्रहरी परिचालन गर्न लागेको सूचनामार्फत जानकारी दिएको छ ।
नगरपालिका अदालतबाट आदेश प्राप्त खानी तथा क्रसर उद्योगहरुबाट मुअक(भ्याट) विल जारी भएको अवस्था र नगरपुर्वाधार उपभोग निकासी शुल्क बुझाएको रसिद लिएर ढुवानी गर्न सकिने बताएको छ ।
ढुंगा गिटी र वालुवालगायत निर्माण सामाग्री उत्खनन गर्ने खानीहरुविरुद्ध अदालतमा रिट निवेदन परेपछि नगरपालिकाले चालु आर्थिक वर्षमा नगरपुर्वाधार उपभोग÷निकासी कर संकलनका लागि ठेक्का लगाउन सकेको थिएन ।
नगरपालिका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीलगायत जनप्रतिनिधि र कर्मचारीहरुले अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्चमा भष्ट्राचारको आरोपमा मुद्धा समेत दायर गरेको छ । सो मुद्धा विशेष अदालतले सफाई दिएको भए पनि चित्त नबुझेको भन्दे अख्तियार सर्वोच्च पुगेको हो ।

 

 

प्रकाशित मिति : २२ माघ २०८२, बुधबार  ८ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।