२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पूर्वप्रधानमन्त्री भट्टराईलाई पितृशोक



काठमाडौँ
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उहाँका पिता भोजप्रसाद भट्टराईको आज बिहान ९७ वर्षको उमेरमा काठमाडौँस्थित न्यूरो अस्पताल बाँसबारीमा निधन भएको भट्टराईकी छोरी मानुषी यमी भट्टराईले जानकारी दिएकी छन् ।
भनिन्, “हजुरबुवा ९६ वर्ष पूरा भई ९७ वर्षमा प्रवेश गर्नुभएको थियो । उहाँको आज बिहान स्वर्गारोहण भएको छ ।” भट्टराईको शव अहिले पशुपतिस्थित ब्रह्मनालमा राखिएको र केहीबेरमा विद्युतीय शव गृहमा दाहसंस्कार गरिने उनले जानकारी दिइन् । स्वर्गीय भट्टराईका दुई छोरा र दुई छोरी छन् ।

प्रकाशित मिति : २३ माघ २०८२, बिहिबार  १ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।