ललितपुर
ललितपुरमा चलचित्र ‘कस्तुरी’को शुभ मूहुर्तसँगै छायांकन सुरु गरिएको छ ।
निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भुमिका रहने यस चलचित्र मंगलबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा शुभ मूर्हतसँगै सुटिङ पनि थालिएको हो । शुभमुर्हत गर्दै निर्देशक ऋत बोहोराले आजैबाट चलचित्रको थालिएको छायांकन बताए। उनले भने,‘ हामीले आजैबाट चलचित्रको छायांकन थालेका छौँ। यसको अधिकांश छायांकन काठमाडौं र आसपासमा हुनेछन्।’
उनले रहस्य,सस्पेन्स र अपराधका गहिरा तहहरूलाई चलचित्रले उजागर गर्ने बताए। यस चलचित्रबाट नै अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटीले पहिलोबाट स्क्रिन सेयर गर्न लागेका हुन्। सिनेमामा निखिल र वर्षाका साथमा शेखर चापागाईं,निर्मल शर्मा,नीशा अधिकारी,अर्जुन गुरुङ,भोलाराज सापकोटा,सबी थापा,प्रशान्त केसी,सन्तोष बानियाँ,सुवास बंञ्जन,मिरा पण्डित,घनश्याम जोशी,श्रेया श्रेष्ठ,प्रतिष्ठा थापा,नेहा गौतम र विशेष भुमिकामा गौरव पहारी र हेना नगरकोटीको अभिनय रहने छ।
टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको कथा ऋत बोहोराले नै लेखेका हुन् । यस सिनेमाका निर्माता धिरज कुमार अग्रवाल हुन् भने को–प्रोड्युसरमा अञ्जली चौधरी रहेकी छन्।
चलचित्रका छायाँकार आलोक शुक्ला रहेका छन् भने प्रमुख सह–निर्देशक ललित बिष्ट हुनेछन्। त्यसै गरि चलचित्रको संगीत प्रशान्त शिवाकोटीको छ भने निर्माण व्यवस्थापन दिलीप पन्तले गर्दैछन्।








प्रतिक्रिया