ललितखबर
ललितपुरस्थित गोदावरी नगरका इञ्जिनियरविरुद्ध झण्डै दुई करोड भ्रष्टाचारको मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार २०७६ फागुन १ गतेबाट नगरपालिकाले करारमा नियुक्ति पाएका सुवास विष्टविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको हो ।
आयोगले जारी गरेको विज्ञप्ती अनुसार उनले २०८१ ऋसार १४ गतेसम्मको अवधिमा एकाघरको सम्पती मूल्यांकनको आधारमा ३ करोड २४ लाख ८४ हजार ८ सय ३० रुपैयाँ आर्जन गरेको र सो अवधिको खर्च र लगानी घटाउदा १ करोड ९७ लाख १ ५७ रुपैया बराबरको रकमको श्रोत रुपैयाँ विवरण नबुझाएको पाएपछि अन्तिम फैसलाका लागि मुद्दा दायर गरिएको हो ।
अख्तियारले उनले आर्जन गरेको सम्पती जफत गर्न र हर्दै सम्माको कारवाही गरेको छ । सो मुद्दा दायर गर्नुअघि गोवादरीका ईञ्जिनियरविरुद्ध उजुरी परेको श्रोतले जानकारी लिएको छ ।
ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र मुना अधिकारी विरुद्ध सर्वोच्च अदालतमा भष्ट्राचारको मुद्दा सर्वोच्चमा पुनरावेदनको निवेदन परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मेयर र उपमेयरविरुद्ध सर्वोच्चमा पुनरावेदनको फरक फरक पाँच वटा निवेदन दर्ता गरिएको जानकारी दिएको छ ।
मेयर उपमेयरलगायत नगरपालिकाका १४ जनालाई का्वाहीक माग
अख्तियारले गएको साउन ३० गते विशेष अदालतले सो मुद्दामा नगरपालिकाका मेयर, उपमेयरसहित १४ जनालाई सफाइ दिएको विषयलाई चित्त नबुझेको भन्दै पुनरावेदन दिएको थियो ।
राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो। आर्थिक वर्ष २०७५्७६ देखि २०७९्८० को अवधिमा खानीजन्य ढुंगागिट्टी र बालुवाको टेन्डर र लगाउँदा सरकारी दरभन्दा कम गरी लगाएको दाबी अख्तियारले गरेको थियो। यसबाट सरकारलाई १ अर्ब ४ करोड ८७ लाख ४५ हजार २ सय ८७ रुपैयाँ हानि नोक्सानी भएको अख्तियारको दाबी थियो।
उनीहरुविरुद्ध आयोगले २०८१ जेठ २१ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले १४ जनालाई नै सफाइ दिने फैसला गरेका थिए ।
सो समयमा मुद्दादायर भएसँगै मेयर र उपमेयर पदमुक्त भएका थिए । अदालतको सफाईसँगै दुबै जना नगरपालिका फर्केर काम गरिरहेका थिए ।
सर्वोच्चमा पुनः मुद्दा पुनरावेदन भएपछि कानूनतः दुबैको पद निश्क्रिय भएको छ ।








प्रतिक्रिया