१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


फागुन महिनाभर पाँच चलचित्रको भिडन्त



ललितखबर
यही फागुन २१ गते देशभर प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । देशभरका जनता नेता छान्ने बहसमा छन् ।
यस्तो बेला नेपाली चलचित्रको बजार भने सुस्ताएको छ । प्रर्दशनरत चलचित्रको व्यापार सुखद नभइरहेको अवस्थामा आजबाट तीन चलचित्रहरुको प्रर्दशन सुरु भएको छ ।
आज शुक्रबार विगुल, श्री बुकुरो र शिंवाश प्रर्दशन भएका हुन् । रमेश कोइरालाको निर्देशनमा बनेको चलचित्र विगुलमा निर शाह सरोज खनाल र वेनिशा हमाललगायत कलाकारहरुको अभिनय रहेको छ । राजनीतिक कथाबस्तु रहेको यस चलचित्रमा देशको पछिल्लो अवस्था चित्रण गरेको ट्रेलर हेरेपछि बुझ्न सकिन्छ ।
आजै प्रर्दशन सुरु भएको चलचित्र श्री बुकुरो पारिवारिक विषयबस्तु समेटिएको चलचित्र हो । यस चलचित्रको निर्देशन सुदिपभुपाल सिंहको रहेको छ । निकिता आचार्य, लक्ष्मी गिरी र आर्शिवाद क्षेत्रीलगायत कलाकारको अभिनय रहेको यस चलचित्रमा पश्चिम नेपालको झल्को दिन्छ ।
आजदेखि धार्मिक कथामिश्रित चलचित्र शिवांश पनि प्रर्दशन सुरु भएको छ । धर्मको आडमा समाजमा हुने गरेको अपराधलाई निर्देशक निर्देशक सन्तोषकुमार आत्रयले झल्काएका छन् । चलचित्रमा प्रविण खतिवडा र तेज गिरीलगायतको अभिनय रहेको छ ।
फागुनको दोश्रो साता कुनै नयाँ चलचित्र प्रर्दशनको तयारी छैन । तेश्रो साता १५ गते शुक्रबार भने प्रवासी जीवन प्रर्वशन हुने तरखरमा छ । चलचित्रमा श्याम क्षेत्री र राम अधिकारीको निर्देशन रहेको छ । महानायक श्याम क्षेत्री ,सरिता लामिछाने र राजेश हमालको समेत अभिनय रहेको चलचित्रमा मनोरोगको कथामा बनाइएको छ ।

निर्वाचन र मतपरिणामको अविधि हरेकाले फागुनको चौथो साता कुनै चलचित्र प्रर्दशन हुनेछैन । अन्तिम साता २७ गते भने चलचित्र निर्देशक रोशन मिराजको चलचित्र लालिमा प्रर्दशन हुनेछ । यौन विषयवस्तुमा निर्माण गरिएको यस चलचित्रमा रोशनी कार्की केन्द्रमा रहेकी छिन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ११ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।