१ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


रंगपत्रकार दिनेश सिटौलाको स्मृतिमा अक्षयकोष स्थापना, पत्रकार पुरस्कृत गरिने



काठमाडौं
रंगपत्रकार स्व. दिनेश सिटौलाको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । आज राजधानीमा १३औँ दिनको पुण्यतिथिको दिन चलचित्र पत्रकार संघद्धारा आयोजित श्रद्धाञ्जली सभामा सो घोषणा गरिएको हो ।

संघका अध्यक्ष समीर बलामीका अनुसार हरेक वर्ष १८ माघमा सिटौलाको स्मृतिमा विशेष कार्यक्रम आयोजना गरेर चलचित्र पत्रकारिता स्मृति पुरस्कार प्रदान गरिने जानकारी दिएका छन् ।
सभामा सहभागीहरुले सो अक्षय कोषका लागि योगदान गर्न सहयोग घोषणा गरेका थिए । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले बोर्डको तर्फबाट ५१ हजार रुपैयाँ प्रदान गर्ने जानकारी दिएका छन् । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले व्यक्तिगत रुपमा १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

यसै गरी ओएसआर डिजिटलले ३१ हजार, षट्कोण आट्र्सले २५ हजार, निर्माता सरोज वली र मोहितवंश आचार्यले २५ हजार हजार, पटकथा लेखक प्रदीप भारद्वाजले २५ हजार, दिलासा क्रिएसनका तर्फबाट चलचित्र पत्रकार लक्ष्मण सुवेदीले ११ हजार, चलचित्र ‘राम नाम सत्य’ टिमले १० हजार सहयोग घोषणा गरेका छन् । ३ लाखभन्दा बढी सहयोग संकलन भइसकेको कार्यक्रममा जानकारी दिइएको छ ।

यसैबीच, प्रदर्शनको ५१औँ दिनको अवसरमा चलचित्र ‘झरी पछिको इन्द्रेणी’ टिमले अक्षय कोषका लागि रु. १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाउँदै थप सहयोग संकलन गरिएको जानकारी दिइएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ८ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।