चापागाँउ
दक्षिण ललितपुरको चौघरेमा बाहुनडाँडाँमा शुक्रबार राती आईचर दुर्घटनामा ४ जनाको निधन भएको छ ।
महाँकाल गाँउपालिकाकी उपाध्यक्ष डोल्मा मायाँ गोलेले दिएको जानकारी अनुसार शिवरात्रिको अवसर पारेर कालेश्वर मन्दिरमा ठुलो त्रिशूल चढाउन जाँदै गरेको गाडी दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार घटनास्थलमै चालक ४६ वर्षीय गणेश खड्का र लेले मनकामना मन्दिरका पुजारी एवं गाडी धनी ६५ वर्षीय गणेश थापाको निधन भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका अन्य दुई जनालाई उपचारका लागि पाटन अस्पताल पुर्याउदा अस्पतालले मृत घोषणा गरेको हो । उनीहरूको पहिचान खुल्न बाँकी रहेको छ ।
मृतक सबै लेले निवासी रहेको बताइएको छ । दुर्घटनाको कारण हालसम्म खुलेको छैन । गाडी सडकबाट करिव ५ सय मिटर तल पुगेको छ भने गाडी पूर्ण रूपमा क्षतविक्षत अवस्थामा रहेको छ।
अहिले महानगरिय प्रहरी बृत्तबाट प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का तथा घटनाको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ ।








प्रतिक्रिया