२ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


इलाममा खुल्यो नयाँ चलचित्र भवन ‘फ्रेन्ड्स सिनेमाज्’



इलाम

नेपालको पुर्वी भूभागमा रहेको इलाममा चलचित्र भवन ‘फ्रेन्ड्स सिनेमाज्’ खुल्दै छ ।

धरान र बुटवलपछि फ्रेन्डस् सिनेमाले आफ्नो तेस्रो शाखा इलाममा विस्तार गरेको हो ।

आउँदो शुक्रबारबाट सञ्चालनमा आउने यो चलचित्र घर साढे तीन करोड लगानीमा निर्माण भएको निर्देशक आशिस एच तामाङले जानकारी दिएका छन् ।

चलचित्र भवनमा एउटा स्क्रिन छ । जहाँ १ सय ९० सिट रहेका छन् । चलचित्र विकास बोर्डले शुक्रबारबाट हल सञ्चालनको लागि अनुमति दिइसकेको छ ।

“ठूला सहरमा मात्रै चलचित्र घर रहेको अवस्थामा हामीले गाउँगाउँमा पनि चलचित्र देखाउने र हेर्ने वातावरण बनाउँदै लैजानुपर्छ भनेर पहाडी जिल्ला इलाममा हल खोलेका हौँ,” तामाङले भने, “हामी सिनेमाको बजार विस्तार गर्नुपर्छ भन्छौँ, तर चलचित्र घर भने काठमाडौं र ठूलो सहरमा मात्रै केन्द्रित गर्छौं । बजार विस्तार गर्ने हो भने हरेक जिल्लामा सुविधासम्पन्न हल सञ्चालनमा आउनुपर्छ ।”

उनले सम्भव भएसम्म अन्य जिल्लामा पनि हल विस्तार गर्ने योजना रहेको बताए । नेपाली चलचित्रको बजार विस्तार गर्ने हो भने पहिला घरेलु बजार नै बढाउँदै लैजानु पर्ने उनको धारणा छ ।

अहिले पनि ठूला सहरमा बस्नेबाहेकका दर्शकलाई हलमा चलचित्र हेर्न वातावरण नरहेको भन्दै तामाङ जिल्ला–जिल्लामा सानासाना सिनेमा घर खोल्ने हो भने अहिलेकै अवस्थामा पनि घरेलु बजार दोब्बरभन्दा माथि बढ्ने बताउँछन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  १० : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।