३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


कांग्रेस मधेश केन्द्रित राजनीतितर्फ मोडियो, जनकपुरधामबाट प्रतिज्ञापत्र सार्वजनिक गर्दै



 

काठमाडौँ

क्ुनै समय मधेशमा राम्रो प्रभाव रहेको काँग्रेस पछिल्लो समय कमजोर थियो । ०६३÷६३ पछि भएको मधेश आन्दोलनले थुप्रै मधेशवादी राजनीतिक दल र नेताहरुको उदय भएपछि काँग्रेस मधेसमा कमजोर बन्यो । ठूलो जनसँख्या र मतभार रहेको मधेशतर्फ काँग्रेस मोडिएको छ । पार्टी सभापति बने पनि गगन थापा मधेशबाट उम्मेदवारी दिएर आफू मधेशलाई अघि बढाउन तयार रहेको सन्देश दिए ।

नेपाली कांग्रेसको आज आइतबार काठमाडौंमा चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम सारेर मधेशबाट गर्ने तयारी गरेको छ । अब जनकपुरमा प्रतिज्ञापत्र सार्वजनिक हुने भएको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले आइतबारका लागि पार्टी कार्यालय बिपीनगर सानेपामा तय गरेको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम स्थगित भएको जानकारी दिएका छन् ।

कांग्रेसले ६ गते मधेस प्रदेशको जनकपुरधामबाट चुनावी सभाको सुरूआत गर्दैछ । सोही सभामा प्रतिज्ञापत्र सार्वजनिक गरिने उनले बताए ।
मधेशबाट चुनावी घोषणापत्र (प्रतिज्ञापत्र) सार्वजनिक गरेर काँग्रेस मधेश फर्केको सन्देश दिन खोजेको हो ।

निर्वाचन आयोगले दलहरूलाई फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र पेस गर्न आइतबारसम्मको समय दिइसकेको छ । कांग्रेस प्रवक्ता चालिसेले निर्वाचन आयोगमा आइतबारै प्रतिज्ञापत्र बुझाइने तर सार्वजनिक कार्यक्रम भने बुधबार हुने बताएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ८ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।