४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


चलचित्र ‘आबाट आमा’ले कमायो ८ करोभन्दा धेरै, ‘कुमारी’ र ‘रमिताको पिरती’को यस्तो छ व्यापार आँकडा



ललितखबर

पछिल्ला केही दिनदेखि चलचित्रको व्यापार सुस्ताएको छ । हलहरुमा प्रर्दशन सुरु भएका चलचित्रहरु हेर्न टिकट खासै बिक्री भइरहेका छैनन् ।
यद्यपी चन्द्र पन्तले निर्देशन गरेको चलचित्र ‘आबाट आमा’ले सुखद व्यापार गरिरहेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस व्यापार आँकडा अनुसार हलसम्म चलचित्रका ३ लाख १० हजार ३२३ वटा टिकट बिकेका छन् भने ८ करोड ३१ लाख ८७ हजार ७८९ रुपैया चलचित्रले हलबाट उठाएको छ ।

उता दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ ले ५६ लाख २११ रुपैयाँ व्यापार गरेको छ । यस चलचित्रका यसका १७ हजार २५ वटा कोटिकट बिकेका छन् ।

‘रमिताको पिरती’ को ५ हजार ९३७ टिकटबिक्रिपछि १९ लाख ४३ हजार ५८८ रुपैयाँको मात्रै व्यापार भएको छ । पछिल्लो फागुन १ गतेबाट प्रर्दशन सुरु भएका चलचित्रहरु विगुल, श्रीबुकुरो र शिवांशको व्यापार अनि बक्सअफिस कलेक्सन भने बोर्डले सार्वजनिक गरेको छैन ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  २ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।