५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोटिखेलको चिहानबाट मध्यरातमा उम्मेदवार सनोजले गरे भाषण



चापागाँउ
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि देशभर नेताहरु जनताको घरदैलोमा पुगेका छन् । ठाँउ ठाँउमा सभा, भेला र गोष्टी भइरहेका छन् । झण्डा बोकेर कार्यकर्ताले नारावाजी समेत लगाउन थालिसके ।

तर ललितपुरका पिपुल्स फस्ट पार्टीका उम्मेदवार सनोज महत भने फरक तरिकाले प्रचार प्रसारमा जुटेका छन् । उनी कहिले टेण्ट गाडेर बस्ती बस्तीमा रात विताउदै आफ्ना कुरा सुनाइरहेका भेटिन्छ त कहिले माइक बोकेर टोलमा एक्लै चिच्चाइरहेका हुन्छन् ।

निर्वाचन आयोगले उम्मेदवारहरुलाई प्रचार गर्न छुट दिएकै मध्यरात १२ बजे उनी दक्षिण ललितपुरको गोटीखेलस्थित कालमोचन घाटमा भाषण गर्न पुगेका छन् । मध्यरातमा घाटबाट भाषण गर्दा सुन्ने जनता त थिएनन् तर उनले सो भाषण सामाजिक सञ्जाल ‘सनोज महत पेज’बाट लाइभ गरेका थिए ।

राजनीतिक दलहरुबाट प्रशिक्षित जनताको माहुल्य रहेको समाजमा आफूले आफ्ना कुरा सुनाउन चाहेको सनोज बताउछन् । भन्छन्, ‘मेरा एजेण्डा र जनताको पक्षमा रहेको मुद्दा सुन्न चाहने मान्छेहरुको कमी देख्छु । म दक्षिण ललितपुरको आमुल परिवर्तनको लागि अघि बढेको छु । अब यहाँका जनताले मेरो कुरा सुन्नुपर्छ भनेर ध्यान जगाउन खोजेको हुँ ।’

भाषणका क्रममा विकास पुर्वाधार र रोजगारी नहुँदा दक्षिण ललितपुरमा बसाई सराईको समस्या विकराल बन्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले भने, ‘दक्षिण ललितपुर अहिले चिहानघारी बनेको छ । अव यहाँ नयाँ सम्भावना खोज्न तयार हुनुपर्छ ।’

महतले दक्षिण ललितपुरको टुंगुन करिडोर र वागमती करिडोर निर्माण गरेर बस्ती विकास र स्थानान्तरण गर्नुपर्ने र बाँकी पहाडी पाखाहरुमा उद्योग धन्दा सञ्चालन गर्नुपर्ने एजेण्डा अघि सारेका छन् ।

उनको प्रचारशैलीलाई लिएर आजकल ललितपुरमा चर्चा भइरहेको छ ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  १० : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।