काठमाडौं
नायिका रोशनी काकी यौनकर्मीको अवतार रहेको चलचित्र ‘लालिमा’को पोस्टरमा सार्वजनिक भएको छ ।
फागुन २९ गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘लालिमा’को दोस्रो अफिसियल पोस्टर सार्वजनिक भएको हो ।
निर्माण पक्षले चलचित्रकी शीर्ष नायिका रोशनी कार्कीलाई एकल फिचर्ड गरी शुक्रबार पोस्टर सार्वजनिक गरेको छ।
रोशनी एकल फिचर्ड फस्ट लुक्स पोस्टरले दर्शकमा चलचित्रप्रति कौतुहलता सिर्जना गरेकाले दोस्रो सार्वजनिक गरिएको चलचित्रका निर्देशक तथा लेखक रोशन मिराजले बताए ।
दोस्रो पोस्टरमा समस्यामा जेलिएकी रोशनीलाई आत्माविश्वासी, सहनशील र शान्त देखाइएको छ । माथिल्लो शरीरमा कपडा नलगाएकी उनी झ्यालबाट कोठाभित्र छिरेको प्रकाशमा छिन् । पीडापछिको शान्त मुद्रामा उनलाई देख्न सकिन्छ । यो पोस्टरले पनि उनी यौनकर्मीको चरित्रमा रहेको संकेत गर्छ ।
पोस्टरबारे निर्देशक मिराज भन्छन्, ‘पहिलो पोस्टरले असहायता र रहस्यलाई केन्द्रमा राखेको थियो । नयाँ पोस्टरले शक्ति, आत्मविश्वास, सहनशीलता र परिवर्तनको संकेत दिन्छ। यस पोस्टरमा शीर्षक लेख्न रातो रङ प्रयोग भएको छ । पोस्टरमा नाटकीय सिनेम्याटिक प्रकाश देख्न सकिन्छ । यसले यो केवल डरको कथा मात्र होइन, जागरण र आत्मबलको कथा पनि हो सन्देश दिन्छ।’
यस चलचित्रको नायक जीवन भट्टराई हुन् । उनीहरुसँगै चलचित्रमा उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्ष भूमिकामा छन् ।
तीन हजार यौनकर्मीको अनुभव, संघर्ष र भोगाइमा आधारितमा रहेर यो चलचित्र तयार भएको निर्माण पक्षको दाबी छ ।
फेथ आस्थाको प्रस्तुतिमा बनेको यस चलचित्रकी कार्यकारी निर्माता रीना लामा हुन्।
अहिलेको अवस्थामा प्रतिनिधिसभा चुवानपछिको पहिलो प्रदर्शन मिति फागुन २९ मा हलमा लाग्ने ‘लालिमा’ एक मात्रै चलचित्र हो ।
नेसनल सिने ग्रुप नेपालले यो चलचित्र वितरण गर्दै छ ।








प्रतिक्रिया