८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘पारस’मा अभिनेता सुशील श्रेष्ठ अनुबन्धित



 

काठमाडौं

निदैशक कृषा चौलागाइँको निर्देशनमा निर्माणको तयारीमा रहेको चलचित्र ‘पारस’मा सुशील श्रेष्ठको प्रवेश भएको छ।
निर्माण टिमले बुधबार चलचित्रमा निरुता सिंहलाई अनुबन्ध गरेको थियो। निरुतालाई चलचित्रमा अनुबन्ध गरेको दुई दिनमा नै एक्सन स्टारमा रुपमा परिचित सुशीललाई अनुबन्ध गरेको हो।
कृषाले सुशीलसँगको फोटो सेयर गर्दै पारसमा सुशीलाई अनुबन्ध गरेको जानकारी दिएकी छन्। उनी लेख्छिन्,‘प्रतिभाशाली र आकर्षक श्री सुशील श्रेष्ठलाई हार्दिक स्वागत छ।’
उनले सुशील आएपछि पारस राम्रो चलचित्र बन्न सक्ने बताएकी छन्। यसअघि यो चलचित्रमा निखिल उप्रेती नायकका रुपमा अनुबन्ध भइसकेका छन्। नायिकामा जसिता गुरुङ,प्रियंका कार्की,निरुता सिंहलाई निर्माण टिमले चलचित्रका लागि अनुबन्ध गरिसकेको छ। यो हेर्दा निर्देशक चौलागाईले चलचित्रलाई नेपालमा बनेका पछिल्ला चलचित्रको तुलनामा उत्कृष्ट बनाउने देखिन्छ।
यसअघि सामाजिक कथामा निर्माण भएको चलचित्र ‘ऐँचोपैचो’ र एक्सन जनराको चलचित्र ‘पिताम्बर’मा आफ्नो काम कृषाले देखाइसकेकी छन्। अब उनी यस चलचित्रमा भएका कमीकमजोरीलाई सुधार्दै तेस्रो निर्देशकिय चलचित्र ‘पारस’लाई बबाल बनाउने दाउमा छिन्।
प्रेमकथामा आधारित यस चलचित्रलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन्। उनले लेखक पनि सन् २०१२ को चर्चित भारतीय चलचित्र ‘ग्याङ्स अफ वासेपुर’ को भाग १ र २ को पटकथा लेखनमा सहकार्य लादियालाई चलचित्रमा लिएकी छन्। चुनाव लगत्तै चलचित्रको छायांकन थाल्ने कृषाको तयारी छ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ३ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।