चापागाँउ
काठमाडौँ उपत्यका मेयर्स फोरम ललितपुरको गोदावरीबाट साइकल लेन विस्तार गर्न सहमत भएका छन् ।
काठमाडौँ उपत्यकाका १८ वटै नगरपालिका जोडेर साइकल लेन बनाउने तयारी गरिएको हो ।
उपत्यका मेयर्स फोरम बैठकले उपत्यकामा साइकल लेन निर्माण गरी स्मार्ट सिटी अवधारणा अनुसार अगाडि बढ्ने निर्णय गरेको हो ।
पहिलो चरणमा गोदावरीको बोटानिकल गार्डेनबाट ललितपुर र काठमाडौँ हुँदै बुढानीलकण्ठको शिवपुरीडाँडासम्म साइकल लेन निर्माण गर्ने फोरमको योजना छ ।
उपत्यका मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनको योजना अनुसार उपत्यकामा साइकल लेन निर्माण अघि बढ्न लागेको हो ।
मेयर महर्जनले ललितपुरका साँधुरा गल्लीमा साइकल लेन निर्माण गरेको भए पनि उपयोगी नभएको सरोकार वालाहरुले गुनासो गर्दै आएका छन् । यद्यपी उपत्यकामा साइकल यात्रीको समूहले व्यवस्थित साइकल लेन नभएको गुनासो गर्दै आएको छ ।








प्रतिक्रिया