९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरका मतदातासँग हात जोड्दै एमालेका उम्मेदवार चेतनाथ भन्दैछन्, ‘काम गर्ने मौका दिनुस्’



 

चापागाँउ

ललितपुर क्षेत्र नम्बर १ का एमाले उम्मेद्वार चेतनाथ सञ्जेल आजकल निर्वाचनका लागि आफ्नो उम्मेदवारीको प्रचारका लागि घर घर पुगिरहेका छन् । बस्तीका हरेक मान्छेको गुनासो छ । विकास र समृद्धि नभएको । रोजगारी बृद्धि र महँगी नियन्त्रणको माग राख्दै युवाहरु पछिल्लो राजनीतिक अवस्थाको आक्रोस समेत पोख्छन् । उम्मेदवार सञ्जेल नम्र बनेर आफूले दक्षिण ललितपुरमा गरेको कामहरु फेरिहस्त सुनाउदै मौका दिन आग्रह गरिरहेका छन् ।

ठाँउ ठाँउमा पछिल्लो अवस्थाप्रति निराश बनेका युवाहरु आक्रोस समेत पोख्छन् । राजनीतिक व्यवस्थाले बनाएको परिस्थितीले निराश युवाहरुको आक्रोस सुनेपछि उनी भन्छन्, ‘ अहिलेको परिस्थीतिले यूवालाई निराश बनाएको छ । म त्यो निराशालाई आशामा बदल्दै काम गर्नेछु ।

घरदैलोका क्रममा एक बृद्ध आमाले गहभरी आँसु झार्दै भनिन््, देशलाई विगार्नेले हैन, यही ठाउँको मान्छेले जितोस् र तपाईले जित्नुपर्छ बाबु ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  १२ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।