११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘लालिमा’को टिजरमा यौनकर्मीको जीवन



 

काठमाडौं
चलचित्र ‘लालिमा’को टिजरमा यौनकर्मीको जीवन चित्रित गरिएको छ ।

आइतबार सार्वजनिक टिजरमा शीर्ष नायिका रोशनी कार्की केन्द्रमा छिन् ।

करिब एक मिनेटको टिजरमा रोशनीसँग नायिकाहरु सुष्मा निरौला, उषा रजक र नायक जीवन भट्टराई जोडिएका छन् ।

तीन हजार यौन कर्मीको अनुभव र समस्यामा आधारित रहेर बनाइएको यस चलचित्रमा समस्यामा परेकी रोशनीलाई सुष्मा र उषाले साथ दिएको टिजरमा देख्न सकिन्छ ।

कलाकार शिशिर वाङ्देल र सबिन कट्टेललाई पनि टिजरमा अटाएका छन् ।

यौनकर्मीको चरित्रमा रहेकी रोशनीको काखमा रहेको बच्चा टिजरको मुख्य आकर्षण हो । टिजरको सुरुवातमा यौनकर्मीको चरित्रमा देखिएकी रोशनीलाई अन्त्यतिर शिशुको साथमा शहर बाहिर पुगेको देख्न सकिन्छ ।

यी दृश्यले उनको चरित्रको उत्तार–चढावमार्फत् तीन हजार यौनकर्मीको जीवन जटिलता फिल्ममा देखाइएको संकेत गर्छ ।

फागुन २९ बाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’को लेखक र निर्देशक रोशन मिराज हुन् ।

फेथ आस्थाको प्रस्तुतिमा बनेको यस चलचित्रकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले वितरणको जिम्मेवारी लिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ७ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।