सुप्रसिद्ध अभिनेता विराज भट्ट नेपाली चलचित्र क्षेत्रबाट टाढा थिए । केही समयदेखि सिने नगरीमा उनको पुर्नप्रवेश भयो । एक पछि अर्को चर्चायोग्य चलचित्र लिएर दर्शकमाझ छाइरहेको उनी चलचित्र ‘राम नाम सत्य’मा अभिनेत्री सुपुष्पा भट्टसँग सुन्दर जोडी बनेर सार्वजनिक भएका छन् ।
नयाँ वर्षको अवसर पारेर यही चैत्र २७ गतेबाट प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘राम नाम सत्य’को गीतमा अभिनेता विराज सुपुष्पासँग रोमान्टिक देखिएका छन् । दर्शक श्रोताले टपक्कै टिप्ने ‘धागोले बाटेको’ बोलको गीत कर्णप्रिय लाग्छ । यो गीतले दर्शकको मन जित्ने आकलन गरिएको छ ।
माइकल चन्दको निर्देशनमा निर्माणाधिन चलचित्रले अहिले प्रचार आरम्भ गरेको छ ।
सार्वजनिक गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डाक्टर डीआर उपाध्यायको शब्द, बाबुल गिरीको संगीत छ ।
माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार फिल्मका कार्यकारी निर्माता हुन् ।
मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेको यो फिल्मका लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन् । बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत चलचित्रमा छ ।
माइकल चन्दकै कथा र पटकथा रहेको यो फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याकग्राउन्ड म्युजिक छ ।
सियोन श्रेष्ठको कोरियोग्राफी रहेको फिल्ममा राजेन्द्र मोक्तानको कलर, नवराज शर्माको मुख्य निर्देशन, साहिल खानको टिजर र ट्रेलर छ । चलचित्रका स्क्रिप्ट सल्लाहाकार अभिमन्यू निरवी र समय थपलिया हुन् ।
यो फिल्मले ‘पर्दा पछाडिको पर्दा’को थिम बोकेको छ । फिल्ममा विराज भट्ट, सुपुष्पा भट्टको साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापा लगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई एक्सन, सस्पेन्स र लभ स्टोरी कथामा निर्माण गरिएको छ ।








प्रतिक्रिया