१२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्रको अभिनयअघि अभिनेत्री रोशनीले भेटिन् १० यौनकर्मी



 

अभिनेत्री रोश्नी कार्कीले चलचित्र ‘लालिमा’मा शीर्ष भूमिकामा निर्वाह गरेकी छन् । चलचित्रमा उनी यौनकर्मीको चरित्र ‘लालिमा’ बनेकी छन् ।

‘लालिमा’ पात्र निर्माणका लागि रोश्नीले आफूले गरेको तयारीबारे खुलेकी छन् । चलचित्रमा अभिनय गर्नुअघि निर्माण टिमको सम्पर्कमा रहेका १० यौनकर्मीसँग कुराकानी भएपछि निर्माणमा सहयोग भएको उनले खुलाइन् ।

थिएटर पृष्ठभूमिकी रोश्नीले पहिलो पटक यौनकर्मीको भूमिका निर्वाह गरेकी हुन् ।

यौनकर्मीहरु गोप्य रहेर आफ्नो पेसामा लाग्छन् । उनीहरु आफ्नो पेसा गोप्य राख्न चहान्छन् । रोश्नीको चिनेका र पहुँचमा भएका कुनै यौनकर्मी थिएनन् ।

तर, पात्र निर्माणका लागि उनीलाई यौनकर्मी नै भेट्न आवश्यक थियो ।

उनी भन्छन्, ‘यौनकर्मी मैले चिनेको छैन । आफूलाई यौनकर्मी बताउने को नै हुन्छ ? उनीहरुको पेसा नै थाहा हुँदैन । मलाई रिफ्रेन्सक लागि उनीहरुसँग भेट्नु थियो ।’

यौनकर्मीको मानसिकता बुझ्नका लागि उनीहरुसँगको भेट आफूलाई उपयुक्त लागेको उनको तर्क छ ।

रोश्नी भन्छिन्, ‘फिल्म यौनकर्मीको मानसिकताबारे बढी केन्द्रित छ । नेपाली परिवेशका यौनकर्मीको मानसिकता के छ ? भन्नेबारे बुझ्न त मैले उहाँहरुसँग नै भेट्नु आवश्यक थियो नि ।’

उनी भन्छिन्, ‘यौनकर्मीहरुसँग मैले कुराकानी गरेँ । तर, उहाँहरु आफ्नो समस्या पीडा र मनोदशा सुनाउनुभयो । पात्र निर्माणमा मलाई सहयोग भयो ।’

यसरी भेटिएका यौनकर्मीहरु कलेज पढ्ने किशोरीदेखि अधवैँशे उमेरसम्म रहेका उनी सुनाउँछिन् ।

उनी भन्छिन्, ‘सबै आर्थिक समस्याले नै यो पेसामा आएको पाएँ । किशोरीदेखि अधवैँश उमेरसम्मका छन् । उनीहरु आफ्नो आर्थिक समस्या टार्नका लागि यो पेसामा आएका छन् ।’

ठूलो संख्यामा रहेका यौनकर्मीको मानसिकता र पीडाको प्रतिनिधित्व गर्न पाएकामा उनलाई सन्तुष्टि मिलेको छ ।

उनी भन्छिन्, ‘कलाकारको रुपमा म उहाँहरुको आवाज बनेकी छु । उहाँहरुका लागि मैले गर्न सक्ने काम गरेँ । कम्तीमा मैले उहाँहरुको मानसिकता र समस्या पर्दामा उतार्ने प्रयास गरेकी छु ।’

 

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ४ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।